भक्तपुरका मालपोत प्रमुख २४ लाख घुससहित पक्राउ

२०८२ असार ३१, मंगलवार

काठमाडौं : भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउत २४ लाख ५० हजार रुपैयाँ घुसससहित पक्राउ परेका छन् । जग्गाको लगतकट्टाका लागि उनीहरूले घुस लिएका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घुुससहित मंगलबार दिउँसो कार्यालयबाटै पक्राउ गरेको हो। पैसा भने कार्यालय सहयोगी राउतबाट बरामद भएको आयोगले जनाएको छ। कार्यालय प्रमुखकै मिलेमतोमा उनले पैसा उठाएको आयोगको दाबी छ । आयोगले कार्यालय प्रमुख आचार्यको दुईवटा मोबाइल पनि जफत गरेको छ ।

चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगतकट्टाको फाइल रोकेर उनीहरुले घुस मागेका थिए। अख्तियारले सूचना पाएपछि स्टिङ अप्रेसनमार्फत पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार