काठमाडौं : बाँकेको कोहलपुर नगरपालिका–१ बाट प्रहरीले नक्कली नोट र लागुऔषधसहित आज एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनगर्जन नेटवर्क प्रालिका अध्यक्ष तथा सञ्चालक मनबहादुर सहकारी देउवा रहेका प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए । देउवालाई इलाका प्रहरी कार्यालय, कोहलपुर र सुर्खेतबाट आएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा अनलाइनको कार्यालयबाटै पक्राउ गरिएको हो ।
उनको साथबाट एक हजार दरका ५१ वटा नक्कली नोट र १९ किलो ३३५ ग्राम अफिम बरामद भएको प्रहरीले जनाएको छ ।





