सामान्य प्रशासनमन्त्री न्यौपानेको शपथ दिउँसो ३ बजे

२०८२ असार ३२, बुधबार

काठमाडौँ : नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको शपथ आज दिउँसो तीन बजे तय भएको छ ।

यसअघिका मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका थिए । बालुवाटार स्रोतका अनुसार नवनियुक्त मन्त्री न्यौपानेको शपथ दिउँसो ३ बजेलाई तय गरिएको हो ।

मेयरमा पराजित भएकी न्यौपाने पछि राष्ट्रिय सभा निर्वाचनमा भने विजयी भएकी थिइन् । उनको ६ वर्षे राष्ट्रिय सभा कार्यकाल भने आगामी फागुनमा सकिँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार