काठमाडौँ : नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एमालेले बेवास्ता गरेपछि नेकपा एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको बताएका हुन् ।
उनले मंगलबार सञ्चारकर्मीहरुसँग भने, ‘नेकपा एकीकृत समाजवादी र एमालेतिर पनि प्रयत्न भएको थियो । एमालेले पर्ख पर्ख भनेर भन्यो । पर्खेर बस्यौं, अनि अन्त्यमा अध्यक्ष केपी ओलीले बोलाउनुभयो । दुई घण्टा भाषण गर्नुभयो । समयमा खवर हुन्छ भनेर पठाउनुभयो । पर्खेर बस्दा खबर आएन र एकीकृत समाजवादीतिर जाने निर्णय गर्यौँ। साउन २ गते हामी एकीकृत समाजवादी बन्नेछौँ ।’





