काठमाडौं : बुधबार छापावाल सुनको मूल्य १३ सय रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ३ सय रूपैयाँले घटेर १ लाख ९२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार २ सय ७५ रूपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर २ हजार २ सय ६० रूपैयाँ कायम भएको छ ।





