पेस्तोलसहित दुई युवा पक्राउ

२०८२ असार ३२, बुधबार

काठमाडौं : मोरङको जहदा गाउँपालिकाबाट प्रहरीले जापनिज पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय दिनेश मण्डल र हरिकुमार महतो रहेको प्रहरीले जानकारी दिएको छ । 

दिनेश मण्डलको गहुँको भुस भण्डार गर्ने सानो गोठमा लुकाएर राखेको पेस्तोल बरामद भएको मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिए । बरामद भएको पेस्तोलमा ‘मेड इन जापान’ लेखिएको छ । प्रहरीले एउटा खुकुरी र मोबाइल पनि बरामद गरेको जनाएको छ ।

प्रहरीले हरिकुमारको साथबाट नम्बर केरमेट गरिएको एउटा होन्डा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार