काठमाडौँ : इराकको अल-कुटस्थित वासितमा रहेको सपिङ मलमा बुधबार राति आगलागी हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ।
समाचार एजेन्सी रोयटर्सले वासितका गभर्नर मोहम्मद अल-मियाहीलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। सामाजिक सञ्जालमा भाइरल भिडिओमा विशाल भवनको ठूलो भाग आगोमय भएको देखिन्छ।





