काठमाडौं : आइतबार छापावाल सुनको मूल्य १ लाख ९२ हजार ९ सय रूपैयाँ कायम भएको थियो। सोमबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेर १ लाख ९३ हजार ३ सय रूपैयाँ कायम भएको थियो।
मंगलबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहि १ लाख ९३ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो। बुधबार छापावाल सुनको मूल्य १३ सय रूपैयाँले घटेर १ लाख ९२ हजार रूपैयाँ कायम भएको थियो। फेरि बिहीबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेर १ लाख ९२ हजार ३ सय रूपैयाँ कायम भएको थियो।
शुक्रबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेर १ लाख ९२ हजार ५ सय रूपैयाँ कायम भएको छ। समग्रमा यो साता सुनको मूल्य ४०० रूपैयाँले घटेको छ।





