काठमाडौँ : नेकपा एमालेका नेता शेरबहादुर तामाङले पार्टीमा आफ्ना धारणा राख्न कुनै बन्देज नरहेको बताएका छन् ।
शनिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पोलिटब्युरो बैठकका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले बैठकमा नेताहरूले आफ्नो दृष्टिकोण भरपुर रूपमा स्वतन्त्र भएर राखेको दाबी गरे । पार्टीमा रहेर पनि पार्टीलाई आलोचना गर्ने, निरन्तर पार्टीको आलोचना गर्ने कारणले केही नेताहरूलाई कारबाही गरे पनि आत्मालोचनापछि पार्टीमा फर्किसकेको बताए । बैठकमा कुनै सदस्यहरूको बिचमा कुनै भनाभन नभएको पनि दाबी गरे ।





