भियतनाममा डुंगा पल्टिँदा मृत्यु भएकाको संख्या ३७ पुग्यो

२०८२ श्रावण ४, आईतवार

काठमाडौँ : भियतनाममा शनिबार पर्यटकले भरिएको डुंगा पल्टिँदा मृत्यु भएकाको संख्या ३७ पुगेको छ। भियतनामको उत्तरमा रहेको लोकप्रिय पर्यटकीय गन्तव्य हालोङ खाडीमा भएको डुंगा दुर्घटनामा धेरै मानिस अझै बेपत्ता छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार धेरैजसो पर्यटक भियतनामको राजधानी हनोईबाट आएका थिए। उद्धारकर्मीहरूले ११ जनालाई भने पानीबाट जीवितै निकालिएको बताएका छन्। यद्यपि उद्धारकर्मीहरूले भारी वर्षाका कारण अन्य बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार