काठमाडौँ : ललितपुर महानगरपालिकाका पूर्वप्रमुख बुद्धिराज बज्राचार्यको निधनको शोकमा आज ललितपुर महानगर मातहतका सम्पूर्ण कार्यालयमा शोक बिदा दिइएको छ।
महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले आइतबार विज्ञप्ति जारी गर्दै आज महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा अत्यावश्यकबाहेकमा शोक बिदा दिइएको जानाकारी दिइएकी हुन्।






