काठमाडौँ : प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विरामी रहेका क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्यसँग भेट गरेका छन्। भेटबारे जानकारी गराउँदै प्रचण्डले निवासमा गएर भेटेको र स्वास्थ्य अवस्थामा सुधार हुँदै देख्दा खुसी लागेको उल्लेख गरेका छन्।
‘आज कमरेड मोहन बैद्य ‘किरण’ जीसँग भेट्न उहाँकै निवासमा गएँ,’ फेसबुकमा उनले लेखेका छन्, ‘स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको देख्दा खुशी लाग्यो। उहाँको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु।’







