पर्वतको पहिरोमा बेपत्ता पतिपत्नीकै शव भेटियो

२०८२ श्रावण ४, आईतवार

पर्वत : पर्वतको मोदी गाउँपालिका–३ देउरालीमा गएराति गएको पहिरोमा बेपत्ता भएका पतिपत्नीकै शव फेला परेको छ।
मोदी- ५ लाङ्दीमा पहिरोमा पुरिएका दम्पतीकै शव भेटिएको प्रहरीले जनाएको छ। पहिरोले घर पुरिँदा बेपत्ता भएका ७६ वर्षीय छविलाल विश्वकर्मा र की ७६ वर्षीया श्रीमती विष्णुमतिको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

घर पहिरोले भत्काएपछि बुहारी ३२ वर्षीया पवित्राले भने भागेर ज्यान बचाएकी छन्। गएरातिदेखि पर्वतलगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। यस क्षेत्रका मोदी, पाती, सेती, मल्याङ्दी, लमाए खोला र कालीगण्डकी जलसतह बढेको छ। स्थानीय प्रशासनले नदी तथा खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार