विद्या भण्डारी केपी ओलीसँग छलफल गर्न च्यासल पुगिन्

२०८२ श्रावण ४, आईतवार

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको केन्द्रीय कार्यालय च्यासल पुगेकी छन्। दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा भण्डारीको राजनीतिमा आगमनबारे देखिएको विवाद समाधान गर्न अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी छलफलमा बस्नुपर्ने सुझाव धेरै पोलिटब्युरो सदस्यले दिएका थिए।

बैठकमा प्राप्त सुझावलाई ख्याल गर्दै अध्यक्ष ओलीले बैठकमा आफूले भण्डारीसँग भेट्ने बताएका थिए। ५ गते बस्न लागेको केन्द्रीय कमिटी बैठकअघि नै यसलाई टुंग्याउनुपर्ने ‘म्यान्डेट’अनुसार ओलीले भण्डारीसँग छलफल गर्न लागेका हुन्। यो भेटपछि नै भण्डारीलाई पार्टीमा दिने जिम्मेवारी र उनको सदस्यता नवीकरणको विषय टुंगिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार