काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर १ लाख ९३ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी २ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।





