बर्दियामा चितुवाको आक्रमणबाट एक जना घाइते

२०८२ श्रावण ५, सोमबार

बर्दिया : आक्रमणबाट एक जना घाइते भएका छन्। बारबर्दिया नगरपालिका–१०, स्थित आइतबार साँझ साढे ५ बजे चितुवाको आक्रमणबाट बैदीका दिनेश चौधरी घाइते भएका हुन्।

मथुराचोकस्थित फुटबल मैदानमा राँगा चराउन गएको बेला चितुवाले चौधरीलाई आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ। चौधरीको घाँटी र छातीमा चोट लागेको छ। घाइते चौधरीको नगर अस्पताल जयनगरमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार