७० वर्षे उमेरहद म आफैँले प्रस्ताव गरेको हो : ओली

२०८२ श्रावण ५, सोमबार

काठमाडौँ : सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा ७० वर्षे उमेर हदको विषय आफैँले उठाएको बताएका छन्।

सोमबारदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पार्टीलाई लोकतान्त्रिकरण गर्न ८ औँ महाधिवेशनमै आफूले त्यो प्रस्ताव ल्याएको उल्लेख गरे।

‘७० बर्ष, त्यो सन्दर्भमा हामी आँफैले गरेको हौँ,’ ओलीको भनाइ छ, ‘८ औॅ मा मैले आँफैले यो प्रस्ताव पेस गरेको थिएँ। लोततान्त्रिक हुनका लागि मैले नै हो नेतृत्व गरेको हो।’ उनले थपे, ‘आन्तरिक पार्टी जीवनको लोकतान्त्रिककरण गरेर साझा बनाएर ८ औँमा लगियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार