चाक्सीबारीमा कांग्रेसका सात नेताको भेला

२०८२ श्रावण ५, सोमबार

काठमाडौँ : नेपाली कांग्रेसका सात नेताबीचको भेला चाक्सीबारीमा जारी छ। भेलामा पूर्वउपसभापतिद्वय गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि, महामन्त्रीत्रय शशांक कोइराला, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह र नेता डा. प्रकाशशरण महत छन्।

उनीहरूबीच प्रकाशमान सिंह निवास चाक्सीबारीमा छलफल जारी छ। पार्टीको १५औं महाधिवेशन नजिकिँदै गर्दा नेताहरूले सक्रियता बढाएका हुन्। सुरुमा यो टिममा प्रकाशमान सिंह, विमलेन्द्र निधि र शशांक कोइराला मात्रै थिए तर, उनीहरूले पछि अन्य नेताहरू पनि मिसाएका हुन्।

‘लञ्च मिटिङ’को नाममा सुरु भएको सभापतिका आकाङ्क्षी नेताहरूको यो भेला महाधिवेशनसम्म पुग्दा निर्णायक हुने सम्भावना छ भनिन्छ।

यी नेताहरूले यसअघि सभापति शेरबहादुर देउवालाई भेटेर उत्तराधिकारी चाँडै तोक्नका लागि पनि दबाब बढाएका थिए तर, देउवाले छलफल गरेर एकजनाको नाम दिनु भनेपछि नेताहरूले भेला गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार