विमान दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो

२०८२ श्रावण ५, सोमबार

काठमाडौं : बंगलादेशमा वायु सेनाको एफ७ विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।

सोमबार सो विमान राजधानी ढाको उत्तरामा माइलस्टोन स्कुल तथा कलेजको भवनमा खसेको थियो । वायु सेना अग्नि नियन्त्रण सेवा तथा नागरिक सुरक्षा विभागका महानिर्देशक ब्रिगेडियर जनरल मुहम्मद जाहेद कमालका अनुसार दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको जानकारी दिएका छन् । दुर्घटनामा १६४ जना घाइते भएका छन् ।

घाइतेहरूको ढाकास्थित विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।  अहिले उद्धारको काम जारी रहेको बीबीसी हिन्दीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार