मन्दिर परिसरमै चक्कु प्रहार हुँदा एक तीर्थयात्रीको मृत्यु

२०८२ श्रावण ५, सोमबार

काठमाडौं : सिन्धुलीको दुधौली नगरपालिका–२ स्थित मधुगंगा महादेव मन्दिर परिसरमा दर्शन गर्न आएका तीर्थयात्रीबीच झगडा हुँदा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो मन्दिर नजिकै डाँडामा रहेको एक चिया पसलमा १० जना बढी तीर्थयात्री बसेको बेला विवाद भइ झडप भएको प्रत्यक्षदर्शीहरूले जनाएका छन् । घटनास्थल पुगेका जिल्ला प्रहरी सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार झगडाका क्रममा चक्कु प्रहार हुँदा एक तीर्थयात्रीको मृत्यु भएको जानकारी दिए । मृतकको पहिचान खुलिसकेको छैन ।

शव पोस्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको छ । तीर्थयात्रीहरूमध्ये केहीले कराउँदै झगडा गरेको स्थानीयले जनाएका छन् । स्थानीय आइरहेको थाहा पाएपछि चक्कु प्रहार गर्नेहरू जंगलतर्फ भागेका थिए । प्रहरीले हत्यामा संलग्नको खोजी भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार