११ जना एसपीको एसएसपीमा बढुवा सिफारिस

२०८२ श्रावण ५, सोमबार

काठमाडौँ : गृह मन्त्रालयले ११ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ ।

मन्त्रालयका अनुसार सोमबार बसेको बढुवा समितिको बैठकले ११ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीद्वारा जारी विज्ञप्तिका अनुसार एसपीहरू तुलबहादुर कार्की, राकेश सिंह, राजीवबहादुर बस्नेत, कमल थापा, प्रवीण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्रप्रसाद फुयाल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाल एसएसपी बढुवाका लागि सिफारिसमा परेका छन् ।

521640388_1551658708938673_3964885797197425840_n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार