पौडी खेल्दा पोखरीमा डुबेर ८ वर्षीय बालकको मृत्यु

२०८२ श्रावण ६, मंगलवार

नवलपरासी पूर्व : नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी खोल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। स्थानीय टारे पोखरीमा पौडी खेल्ने क्रममा हुप्सेकोट–५ राम्चे बस्ने अप्सरा राई मगरका आठ वर्षीय छोरा आकाश राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार बालक छ जना साथीसँगै टारे पोखरीमा पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा बालक डुबेपछि स्थानीयले उद्धार गरेका थिए। उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले बालकलाई मृत घोषणा गरेका हुन्। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार