मन्त्री हेरफेरको कुरा हल्ला मात्रै हो : मन्त्री पाण्डे

२०८२ श्रावण ६, मंगलवार

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले तत्काल मन्त्रिपरिषद् हेरफेरको कुरा नभएको बताएका छन् ।

आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले अहिले मन्त्री हेरफेरको कुरा नभई कामलाई प्रभावकारी रूपमा अघि बढाउने कुरा भएको बताए ।’ मन्त्री हेरफेरको कुरा हल्ला हो, सत्ता साझेदार दलहरूमा यस विषयमा कुरा भएको छैन,’ उनले भने । सरकार एक वर्ष अझै जाने बताउँदै उनले सत्ता गठबन्धन २०८४ सम्म रहने बताए ।

बाहिरी हल्लामा कुनै सत्यता नरहेको उनको भनाइ थियो । उनले भने, ‘प्रधानमन्त्रीले तीव्रताका साथ काम गर्न निर्देशन दिनुभएको भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार