१३ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

२०८२ श्रावण ७, बुधबार

काठमाडौँ : कैलालीमा १३ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका–४ मौरनिया बस्ने ५० वर्षीय रामकृष्ण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार