अवरुद्ध अरनिको राजमार्ग सुचारु

२०८२ श्रावण ७, बुधबार

काभ्रेपलाञ्चोक : पहिरो खसेसँगै अवरुद्ध भएको अरनिको राजमार्ग सुचारु भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ इकुमा पहिरो कारण अवरुद्ध अरनिको राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको हो।

पहिरो पन्छाएर राजमार्ग पूर्ण रुपमा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। बिहान ५ बजेतिर खसेको पहिरोले कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा सडक अवरुद्ध भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार