सुनको मूल्यमा भारी गिरावट

२०८२ श्रावण ८, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य २४ सय रूपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज २ हजार ४ सय रूपैयाँले घटेर १ लाख ९५ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार ३ सय ५० रूपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर २ हजार ३ सय ३५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार