देउवाले बोलाए पदाधिकारी बैठक

२०८२ श्रावण ८, बिहीबार

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन् ।

भोलि (शुक्रबार) विहान ९ बजे बुढानीलकण्ठमा बस्ने गरी पदाधिकारी बैठक बोलाइएको हो । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा समसामयिक राजनीति र पार्टीको आन्तरिक विषयमा छलफल हुनेछ । बैठकमा सरकारमा सहभागी भएका मन्त्रीहरुलाई पनि निम्तो पठाईएको छ ।

सरकारको एक वर्ष पुगेको अवसरमा कामको समिक्षा हुने कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार