प्रचण्ड र बाबुरामले गद्दारी गरे : सीपी गजुरेल

२०८२ श्रावण ८, बिहीबार

काठमाडौं : मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)का नेता सीपी गजुरेलले अहिले पनि जनगणतन्त्र नआएको बताएका छन् । ललितपुरमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै गजुरेलले अहिलेको गणतन्त्र बुर्जुवा गणतन्त्र भएको बताए ।

बुर्जुवा गणतन्त्रले देशेको विकास गर्न नसक्ने  बताउँदै उनले अहिलेको गणतन्त्र पुँजीपति, दलाल र नोकरशाही, पुँजीपति वर्गको भएको उल्लेख गरे । आफूहरू बुर्जुवा गणतन्त्रको लागि नलडेको तर पुष्पकमल दाहाल र डा.बाबुराम भट्टराईको गद्दारीका कारण जनगणतन्त्र आउन नसकेको उनको आरोप छ ।

उनले भने, ‘नेपाली कांग्रेसको एजेन्डामै बाबुराम र प्रचण्ड अहिले पनि हिँडिरहेका छन् । अहिले प्राप्त भएको जुन लोकतान्त्रिक गणतन्त्र छ, लोकतान्त्रिक गणतन्त्र नै हाम्रो लागि अभीष्ट हो । यसलाई बचाउनका निम्ति अघि बढ्नुपर्छ भनेका छन् । अहिले जनगणतन्त्र आएको छैन । यो गणतन्त्र बुर्जुवा गणतन्त्र हो । पुँजीपति, दलाल र नोकरशाही, पुँजीपति वर्गको गणतन्त्र हो । यसले देशमा विकास गर्दैन । बुर्जुवा गणतन्त्रका लागि हामी लडेका थिएनौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार