ट्रकको ठक्करबाट बालिकाको मृत्यु

२०८२ श्रावण ८, बिहीबार

काठमाडौं : गोकर्णेश्वर नगरपालिका–४ नाम्गेलमा ट्रकको ठक्करबाट साढे २ वर्षकी बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फुर्ब लामा शेर्पा छिन् । नाम्गेल कोलमति मार्गस्थित भित्री सडकमा मिनी ट्रकले ठक्कर दिँदा बालिकाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी नवराज अधिकारीले बताए ।

उनका अनुसार बा ३ ख ४३४५ नम्बरको मिनी ट्रकले घर अगाडि खेल्दै गरेकी बालिकालाई दिउँसो पौन ४ बजेतिर ठक्कर दिएको थियो । सो क्रममा बालिकाको घटनास्थलमै मृत्यु भएको हो । चालकलाई पक्राउ गरेर अहिले प्रहरी प्रभागमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार