कांग्रेस संसदीय दलका नेता लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

२०८२ श्रावण ९, शुक्रबार

काठमाडौं : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा तामाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।

मुख्यमन्त्रीबाट हटाउन भन्दै कांग्रेसका प्रदेश सभाका सदस्यले कांग्रेस संसदीय दलका नेता लामाविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। प्रदेश सभाका सदस्यको हस्ताक्षरसहित कांग्रेस संसदीय दलका सचिव कृष्णबहादुर तामाङसमक्ष प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो।

प्रदेश सभा सदस्य श्रीराम लामिछानेले आफूसहित २१ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव दर्ता गराएको जानकारी दिए। उहाँले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमा प्रदेश सरकारबाट राजीनामा दिएका मन्त्रीसमेत रहेको बताए।

प्रदेश सभामा कांग्रेसका ३७ प्रदेश सभा सदस्य रहेका छन्। कांग्रेस बागमती प्रदेश सभाको संसदीय दलको नेताका लागि २०७९ पुसमा भएको निर्वाचनमा २१ मत प्राप्त गरी कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका तामाङ निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले १६ मत प्राप्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार