आगलागीमा परी २५ वर्षीया युवतीको निधन

२०८२ श्रावण ११, आईतवार

गुल्मी : धुर्कोट गाउँपालिका–५ वस्तु अमराईस्थित मनी विककी २५ वर्षीया छोरी जुनाको आगलागीमा परेर आज विहान मृत्यु भएको छ ।

धुर्कोट –५ का वडाध्यक्ष केशवराज भण्डारीका अनुसार मानसिक अवस्था कमजोर रहेकी जुना आफैले घरमा आगो लगाएको थिइन् । स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीबाट रु तीन लाखभन्दा बढीको क्षति भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार