ट्याङ्‍करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

२०८२ श्रावण १२, सोमबार

काठमाडौं : मुग्लिन–नारायणगढ सडकखण्डको दासढुङ्गा नजिकै तेल ट्याकंरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् ।

सोमबार दिउँसो ४:४० बजेतिर नारायणगढ बाट मुग्लिङ तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख १३६६ नम्बरको तेल ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००२ प ३८२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा घाइते मोटरसाइकलमा सवार दुई जनामध्ये एकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । अर्का एक जनाको भरतपुरमा उपचार भइरहेको छ ।

मृतकको साथबाट प्रहरीले भरतपुर महानगरपालिका-११ ठेगाना उल्लेख भएको सागर कुमाल नामको चालक अनुमति पत्र (लाइसेन्स) फेला पारेको जनाएको छ । घाइते अर्का व्यक्तिको पहिचान खुलेको छैन । शरीरका विभिन्न भागमा चोट देखिएका अन्दाजी ३५ वर्षका घाइते युवकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

ठक्कर दिने तेल ट्याङकरका चालक तनहुँ बन्दीपुर गाउँपालिका-१ घर भएका ३५ वर्षीय प्रेम बहादुर थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार