प्रहरी उपरीक्षक मिश्र मधेशका सर्वोत्कृष्ट प्रहरी घोषित

२०८२ श्रावण १३, मंगलवार

काठमाडौं : पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र मधेश प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले प्रदेशका सबै जिल्लामध्ये पर्सा प्रहरी कार्यालयका प्रमुख मिश्रलाई सर्वोत्कृष्ट घोषित गरेको हो। पर्सादेखि धनुषासम्म ८ जिल्लामध्ये पर्सा प्रहरीले ९०.१९ प्रतिशत अंक प्राप्त गरेर प्रथम भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

८ वटै जिल्ला प्रहरी कार्यालयहरूको कार्यसम्पादन मूल्यांकन समीक्षामार्फत पर्सा प्रहरी कार्यालयलाई उत्कृष्ट घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार