बागमतीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका २ सांसदले लिए फिर्ता

२०८२ श्रावण १३, मंगलवार

काठमाडौँ : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गरेका भनिएका २ जना सांसदले नाम फिर्ता लिएका छन् ।

लामाविरुद्ध गत शुक्रबार अविश्वास प्रस्ताव दर्ता भएको थियो । तर, सांसद माया श्रेष्ठ र मीना पराजुलीले विज्ञप्ति जारी गर्दै जानकारीबिनै हस्ताक्षर गराएको भन्दै नाम फिर्ता लिएको जनाएका हुन् ।

श्रेष्ठ र पराजुलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,- ‘बागमती प्रदेश संसदीय दलका नेता मा। बहादुरसिंह लामा (तामाङ) को विरुद्धमा परेको अविश्वासको प्रस्तावमा हामी समेतको हस्ताक्षर सङ्कलन गरिएकोमा हामीलाई सो अविश्वासको प्रस्तावको विषयमा जानकारी नै नगराई हस्ताक्षर गराइएकोमा सोमा हामीहरूको असहमति रहेकाले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता  लामालाई समर्थन रहेको ब्यहोरा अवगत गराउँदछौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार