काठमाडौँ : डोल्पाको ठूलीभेरी नगरपालिका-३ स्थित ठूलीभेरी नदीमा दाउरा संकलनका क्रममा नदीको बीचमा फसेका स्थानीय ४ जनालाई नेपाली सेनाले उद्धार गरेको छ।
पानीको बहाव अचानक बढेसँगै उक्त चार जनालाई नदीको प्रभेदमा अल्झिइ हतार-हतारमा संकटमा परेको अवस्थामा उद्धार गरिएको हो।नेपाली सेनाको संग्राम शार्दुल गुल्म, डोल्पाबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय र स्थानीयस्तरको समन्वयमा उक्त व्यक्ति समूहलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा लैजान सफल भएको हो।
उद्वार गरिकाहरुमा डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका-६ पालुङ बस्ने ३३ वर्षीय ललित बोहरा, २६ वर्षीय नन्दप्रसाद बोहरा, ३५ वर्षी लालकुमार बुढा र ३७ वर्षीय श्यामलाल बोहरा छन्। उद्वार पश्चात उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल डोल्पामा पठाइएको र उनीहरुको अवस्था सामान्य रहेको नेपाली सेनाले बताएको छ।









