झापामा मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

२०८२ श्रावण १३, मंगलवार

झापा : झापाको कचनकवल गाउँपालिका–७ सितागढी टोलमा सि‌चाइ मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा सोही स्थानका ५० वर्षीय अरूण राजबंशी रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

सोमबार राति घर नजिकै रहेको सिँचाइको मोटरमा तार जोड्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका राजबंशीको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय झापाबाट गएको टोलीले कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार