समाजवादी मोर्चा अझ सक्रिय भएर अघि बढ्छ : प्रचण्ड

२०८२ श्रावण १३, मंगलवार

काठमाडौं : समाजवादी मोर्चाले आफ्ना गतिविधिलाई औचित्यपूर्ण ढंगले अघि बढाउने निर्णय गरेको छ।

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको मोर्चाको बैठकले मुलुकमा बेतिथि बढेको भन्दै त्यसका विरुद्ध औचित्यपूर्ण ढंगले आफ्नो गतिविधिलाई अघि बढाउने निर्णय गरेको हो।

बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझ औचित्यपूर्ण र सक्रिय भएर मोर्चा अघि बढ्ने जानकारी दिए। उनले पार्टीभित्र अहिले कुनै समस्या नरहेको समेत बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार