नारायणी नदीको पुलबाट हामफालेर दुई जना बेपत्ता

२०८२ श्रावण १४, बुधबार

नवलपुर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन जोड्ने नारायणी नदीमाथिको पुलबाट हामफालेर दुई जना बेपत्ता भएका छन् ।

एक जना मंगलबार बिहान पुलबाट र अर्को साँझतिर हामफालेर बेपत्ता भएका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालकाअनुसार आज साँझ ७ः४५ बजेतिर करिब ४२ वर्षीया महिला पुलबाट हामफालेर बेपत्ता भएकी हुन् ।

‘साँझ पुलबाट हामफालेका कारण खोजी कार्यमा कठिनाइ भएको छ’, उनले भनिन्, ‘बिहान हामफालेका किशोरको अवस्था पनि हालसम्म अज्ञात छ ।’ बिहान पुलबाट हामफाल्ने किशोर गैँडाकोट–५ का १५ वर्षीय आदेश श्रेष्ठ रहेको र महिलाको भने पहिचान खुल्न नसकेको नरालले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार