वडाध्यक्ष शाहीको निधन

२०८२ श्रावण १४, बुधबार

बाठमाडौ : सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष लोकबहादुर शाहीको निधन भएको छ ।

काठमाडौंको वीर अस्पतालबाट एम्बुलेन्समार्फत घर फर्किंदै गर्दा भेरीगंगा नगरपालिका–५, हर्रे नजिकै मंगलबार बिहान साढे ११ बजे उनको मृत्यु भएको हो। उनी एक वर्षदेखि फोक्सोमा क्यान्सर लागेर पीडित थिए भने निमोनियालेसमेत थलिएका थिए ।

वीर अस्पतालको आइसियुमै राखेर पनि सन्चो नहुने उपचारमा संलग्न चिकित्सकले बताएपछि घर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको ५ नम्बरका कार्यवाहक वडाध्यक्ष वासु आचार्यले बताए । वीरेन्द्रनगर नगरपालिकाले उनको निधनमा शोक मनाउँदै बुधबार बिदा दिने निर्णय गरेको छ।

शाही नेकपा एमालेबाट २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।  उनी १० महिनादेखि बिरामी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार