काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चा खारेजको प्रस्ताव गरेका छन् ।
मंगलबार नेकपा (एकीकृत समाजवादी)को कार्यालय आलोकनगरमा आफ्नै संयोजनमा बसेको बैठकमा विप्लवले मोर्चा खारेजीको प्रस्ताव गरेका हुन् ।
“चैत्र १५ गतेको कार्यक्रम निकै प्रभावकारी भयो । प्रतिगमन र यथास्थितिवादको विरुद्धमा भव्य कार्यक्रम भयो । त्यसपछि आ–आफ्नै व्यस्तताले मोर्चा गतिशील भएन । त्यसैले काम सकिएन भने किन राख्ने ? खारेज गरौँ भन्ने कुरा गर्नुभयो,” एक नेताले भने, “उहाँले नकारात्मकभन्दा पनि प्रभावकारी बनाऔँ भन्ने क्रममा भन्नुभएको हो ।”









