काठमाडौं : बुधबार छापावाल सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार रूपैयाँ कायम भएकोमा आज १४ सय रुपैयाँले बढेर १ लाख ९४ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर २ हजार ३ सय १० रूपैयाँ कायम भएको छ ।








