कार चालकले हेल्मेट नलगाएको भन्दै ट्राफिक प्रहरीले जरिवाना तिराएपछि…

२०८२ श्रावण १४, बुधबार

काठमाडौं : ट्राफिक प्रहरीले हेलमेट नलगाएको आरोपमाएक कार चालकलाई जरिवाना तिराएको एउटा अनौठो घटना सार्वजनिक भएको छ । यो घटना मंगलबार भारतको बिहारको पञ्जवारा प्रहरी चौकी क्षेत्रको राकोली गाउँमा भएको हो।

ऋषिकेश झा आफ्नो कारमा शम्भुगञ्ज जाँदै थिए । त्यही बेला ट्राफिक प्रहरीले इङ्लिस मोड-शम्भुगञ्ज सडकमा चालकहरूलाई जाँच गर्दै थिए । केही समयपछि ऋषिकेशको मोबाइलमा एक हजार रुपैयाँको अनलाइन चालानको सन्देश आयो।

यस चालानमा उल्लेख गरिएको थियो कि मोटरसाइकलमा सवार दुई व्यक्तिले हेल्मेट नलगाएको कारण जरिवाना तिराइएको छ । ऋषिकेशका अनुसार उनी कार चलाइरहेका थिए र हेल्मेट नलगाएका कारण जरिवाना तिराइएको गाडीको नम्बर उनको कारको दर्ता नम्बर हो।

यस विषयमा ट्राफिक प्रहरी चौकीका इन्चार्ज संजय सत्यार्थीले यो मानवीय त्रुटि भएको बताए। वास्तवमा, तोकिएको सीमाभन्दा बढी गतिमा गाडी चलाएको घटना भएको थियो, तर प्राविधिक गल्तीका कारण हेलमेट नलगाएकोमा चलान जारी गरिएको थियो। उनले यो गल्ती सच्याउने विकल्प रहेको र उजुरी प्राप्त भएपछि आवश्यक सुधार गरिने बताए। यो घटनाले ट्राफिक प्रहरीको कार्यसम्पादनमाथि प्रश्न उठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार