राष्ट्रिय वाणिज्य बैंकको ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ नेप्सेमा सूचीकृत

२०८२ श्रावण १४, बुधबार

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा राष्ट्रिय वाणिज्य बैंकको ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ सूचीकृत भएको छ ।

बुधबार, नेप्से र बैंकबीच ७ वर्ष अवधि तथा ७ प्रतिशत व्याजदर भएको अंकित तथा चुक्ता मूल्य १,००० रूपैयाँ दरका कुल २५ लाख कित्ताको उक्त ऋणपत्र सूचीकरण सम्झौता भएको हो । सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल स्टक एक्सचेञ्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले हस्ताक्षर गरे ।

उक्त ऋणपत्रको दोस्रो बजारमा भोलि साउन १५ गतेबाट कारोबार शुरु हुनेछ भने सूचीकरण पश्चात् दिनुपर्ने आरटीएस सेवा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड, टेकु, काठमाडौंबाट हुनेछ ।

नेप्सेमा यस ऋणपत्र ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ नाम र स्टक संकेत ‘आरबिबिडीट ८८’ बाट सूचीकृत गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार