काठमाडौं : गृह मन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई मन्त्रालयमा तानेको छ ।
गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट उनीहरुलाई मन्त्रालयमा तानिएको हो । रुपन्देहीमा डा. टोकराज पाण्डे र सिन्धुपाल्चोक बन्धुप्रसाद बास्तोलालाई पठाउने निर्णय गरिएको मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले जानकारी दिएको छ ।







