रास्वपा बर्दिया सभापति पौडेलको मृत्यु

२०८२ श्रावण १५, बिहीबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दिया जिल्ला सभापति विपिन पौडेलको सिंगापुरमा मृत्यु भएको छ।

व्यक्तिगत रुपमा सिंगापुर भ्रमणमा रहेका उनको गए राति मृत्यु भएको रास्वपा लुम्बिनीका अध्यक्ष देवराज पाठकले बताए । ‘व्यक्तिगत भ्रमणकै क्रममा सिंगापुरमा जानु भएको थियो, उतै बिरामी भएर होटलमै यस्तो घटना भयो, भोलि १५ गते फर्कने टिकट थियो १ गते जानु भएको हो’, उनले भने ।

बर्दिया बाँसगढीमा स्थापित उद्यमी रहेका पौडेल ४६ वर्षको थिए । रास्वपामा पहिला प्रदेश सदस्य, जिल्ला संयोजक हुँदै पछि सभापतिको जिम्मेवारीमा रहेर राम्रो काम गरेको पाठकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार