नेपाल सुशासन र विकासको अभियानमा छ : प्रधानमन्त्री ओली

२०८२ श्रावण १५, बिहीबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सुशासन र विकासको अभियानमा अघि बढेको बताएका छन्। सैनिक कल्याणकारी कोष स्थापनाको स्वर्ण जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले समृद्धि हाँसिल गर्न चाहेको र सोहीअनुसार काम अघि बढाइरहेको जिकिर गरे।

नेपाललाई सभ्य, समृद्ध, विकसित राष्ट्र बनाउन आफूले चाहेको बताउँदै ओलीले नेपालीहरुको चाहना र गन्तव्य समृद्ध नेपाल र सुखी नेपाली रहेको भन्दै त्यसलाई साकार बनाउनेतर्फ आफूहरू अघि बढिरहेको बताए।

‘नेपाल अहिले सुशासन र विकासको अभियानमा अघि बढेको छ,’ ओलीको भनाइ छ, ‘जसबाट हामी समृद्धि हाँसिल गर्न चाहन्छौँ। र एउटा सभ्य, समृद्ध, विकसित राष्ट्र बनाउन चाहन्छौँ। हामीले गन्तव्य आफ्नो बनाएको भनेको हामी सबै नेपाली जनताको साझा आकांक्षा समृद्ध नेपाल र सुखी नेपाली हो। त्यसलाई साकार पार्ने गन्तव्यतर्फ क्रियाशिल छौँ।’

प्रधानमन्त्री ओलीले सैनिक कल्याणकारी कोषको आम्दानीको श्रोत घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार