रेशम चौधरी र देउवाबीच भेटवार्ता

२०८२ श्रावण १५, बिहीबार

काठमाडौं : रेशम चौधरीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बिहीबार देउवासँग भेटेको तस्वीर राख्दै रेशमले ‘राजनीतिक महत्त्वपूर्ण छलफल’ लेखेका छन् ।

पोखराको लिचि बगैचा जग्गा प्रकरणमा रञ्जिता श्रेष्ठ तानिएपछि नाउपाले उनलाई अध्यक्षबाट हटाएको थियो । रञ्जिताले बिहीबार संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधेकी छन् । साउन ११ गते विधान विपरीतको बैठक बसेर विभिन्न निर्णय गराएको भन्दै श्रेष्ठले चौधरीसँग स्पष्टीकरण माग गरेकी हुन् ।

बिहीबार मात्र भएको राष्ट्रिय भेलाले रञ्जितालाई अध्यक्षबाट हटाएर लालवीर चौधरीलाई अध्यक्ष चयन गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार