पेट्रोलको मूल्य घट्यो, डिजल र मट्टितेलको बढ्यो

२०८२ श्रावण १६, शुक्रबार

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घट्दा डिजल र मट्टितेलको मूल्य भने बढेको छ। डिजल र मट्टितेलमा भने प्रतिलिटर दुई रुपैयाँ बढेको हो। यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु तीन र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ अमेरिकी डलर २१ ले बढाइएको निगमले जनाएको छ।

नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १ सय ५९, डिजल र मट्टितेल प्रतिलिटर १ सय ५०, हवाई इन्धन प्रतिलिटर १ सय २८ पुगेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार