काठमाडौं : कपिलवस्तुमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ। बिहीबार साँझ कपिलवस्तु नगरपालिका–१० स्थित बिकुली खोलामा नुहाउने क्रममा उनीहरूको मृत्यु भएको हाे ।
कपिलबस्तु प्रहरीका अनुसार मृत्यु हुनेमा बाणगंगा नगरपालिका–५, कोपवाका ११ वर्षीय वापस चौधरी र १० वर्षीय निशान चौधरी रहेको बताएको छ । इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक लोकेन्द्र जिसीका अनुसार, पिरा र नगवा गाउँको बीचमा रहेको उक्त खोलामा बिहीबार साँझ करिब साढे ६ बजेतिर उनीहरू नुहाउन गएको छ । सोही क्रममा डुबेर उनीहरूको ज्यान गएको र घटनालगत्तै स्थानीय र प्रहरीको सहयोगमा दुवैजनाको शव निकालिएको बताएको छ ।
दुवै किशोरको शव पोस्टमार्टमका लागि पिपरा अस्पताल पठाएको प्रहरी निरीक्षक जिसीले बताएका छन् ।











