एमाले विभाजन गरेर गलत गरिएछ : झलनाथ खनाल

२०८२ श्रावण १६, शुक्रबार

काठमाडौं : नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले छाडेकोमा पश्चाताप गरेका छन् ।

उनले नेकपा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गर्नु नै गलत भएको बताएका छन् ।

‘म त अब के भन्न सुरु गरेको छु भने जतिबेला यो पार्टी विद्रोह या विभाजन गरियो नि, त्यो गनै गलत रहेछ भन्ने ठाउँमा पुग्दै छु म’, पत्रकार जगदीश खरेलसँगको अन्तर्वार्तामा खनालले भनेका छन्, ‘नेकपा एमाले भनेको एउटा संस्था हो, जो नेपालको कम्युनिष्ट आन्दोलनको एउटा राम्रो संस्था बनाइएको थियो हामीले । त्यो संस्थालाई त्यतिबेला छोड्ने, विद्रोह गर्ने कुरा गलत थियो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार